+
Search

ताजा अपडेट +

पपुलर +

बाढी प्रभावित क्षेत्रमा अपाङ्गता भएका व्यक्ति लक्षित घुम्ती स्वास्थ्य शिविर सञ्चालन

डबली खबर
२४ मिनेट अगाडी

कात्तिक १६, पिपलटार । भाद्र १० गतेको बाढीबाट प्रभावित क्षेत्रलाई लक्षित गर्दै विदुर नगरपालिका वडा नं. ५ मा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष घुम्ती स्वास्थ्य सेवा कार्यक्रम भएको छ।

अपाङ मानव अधिकार मञ्च (डीएचआरएफ) र कर्णाली एकीकृत ग्रामीण विकास अनुसन्धान तथा प्रशिक्षण केन्द्रको आयोजनामा सञ्चालित यस कार्यक्रमले विपद्को समयमा पछाडि परेका व्यक्तिहरूलाई प्रत्यक्ष राहत र उपचार पुर्‍याउने लक्ष्य राखेको छ।

ह्यान्डिक्याप इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोगमा भएको शिविरमा स्थानीय अपाङ्गता भएका नागरिकहरूका लागि आवश्यक स्वास्थ्य परीक्षण, फिजियोथेरापी सेवा, सहायक सामग्री वितरण तथा मनोसामाजिक परामर्श जस्ता महत्त्वपूर्ण सेवाहरू उपलब्ध गराइएको डीएचआरएफका सचिव लोचन भट्टराईले जानकारी दिए । प्राकृतिक विपद्‌पछि आउने शारीरिक तथा मानसिक स्वास्थ्य चुनौतीलाई सम्बोधन गर्न यस्ता एकीकृत सेवाहरू फलदायी हुने विश्वास लिइएको उनले बताए ।

बाढी प्रभावित र विशेष गरी शारीरिक रूपमा अशक्त नागरिकहरूलाई घरदैलोमै पुगेर यस्ता अत्यावश्यक सेवा दिन पाउनु सकारात्मक कदम भएको वडा अध्यक्ष लिलानाथ न्यौपानेले बताए । उनले स्थानीय सरकारका तर्फबाट आवश्यक समन्वय गर्दै आगामी दिनमा पनि यस्ता मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शिविरमा अपाङता तथा जेष्ठ नागरिक सहायता कक्षको पनि समन्वय रहेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ