sujim advert

“कच्याककुचुक इस्टिमेट नल्याउनु”: अर्थमन्त्री लामा

डबली खबर     मंसिर १०, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

नुवाकोट – बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले फलाखु खोला मुहान निरीक्षण र अवलोकन कार्यक्रममा कच्याककुचुक इस्टिमेट नल्याउन भनेका छन् ।

विदुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाद्वारा सञ्चालित पहिरो र बाढीको समस्याले ग्रस्त खानेपानीको मुहानमा निरीक्षण र अवलोकन गर्न मन्त्री लामासहित जम्बो टोली फलाखु खोला पुगेका हुन् ।

योजनाविना कुनै पनि कार्य सफल नहुने भएकोले टुक्रे लगतभन्दा दीर्घकालिन बहुवर्षिय योजना ल्याइ विकास निर्माणमा तदारुकता साथ कार्य गर्नुपर्ने मन्त्री लामाले बताए । प्रदेशबाट विनियोजित बजेटको नियमन गर्ने प्रणालिको प्रवर्धन गर्नुपर्ने समेत मन्त्री लामाले बताए ।

मन्त्री लामाले विकसित राष्ट्रले गर्ने कार्य हामीले गर्न सक्ने भएकोले विकास निर्माणमा देशमा नयाँ नयाँ प्रविधि भित्र्याउनु आवश्यक रहेको बताए ।

अहिले मानिस सकारात्मकभन्दा नकारात्मक कुरा सुन्न मन पराउने प्रवृत्ति बढेको बताए । नकारात्मक बानीलाई छोडी सकारात्मक बानी बसाल्नु पर्ने मन्त्री लामाले धारणा व्यक्त गरेका छन् । स्वदेशी उत्पादनलाई प्राथमिकता दिइ आयातित सामाग्रीलाई रोक लगाउनुपर्ने बताए । साथै घरको बुइकलमा खानेपानीको पाइप राखेर हरेक वर्ष खानेपानीको लागि पाइप माग्ने परम्पराको अन्त्य हुनुपर्ने बताए ।

खानेपानी मानिसको लागि प्रमुख आवश्यकतामा पर्ने भएकोले खानेपानी योजनालाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । उक्त योजनालाइ बागमती सरकारले प्रक्रिया हेरेर कार्यान्वय गरिने आश्वासन व्यक्त गरेका छन् ।

ड्वाँचे खानेपानी चालुआर्थिक वर्षमा सम्पन्न गर्न प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजन गरिने मन्त्री लामाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत साउनमा बाढी र पहिरोले क्षति पुर्याएपछि खानेपानी वितरणमा समस्या आएपछि संस्थाको आयोजनामा सरोकारवाला र उपभोक्ताबाट शनिबार पानी मुहान अवलोकन गरिएको हो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top