World Tuberculosis Day 2025
sujim advert

राष्ट्र निर्मातालाई सम्झियो

सुनील श्रेष्ठ     पुस २८, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

नुवाकोट – ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विविध कार्यक्रम गरी मनाइएको छ ।

शुक्रबार काठमाडौंस्थित सिंहदरबारको पश्चिम ढोकामा रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति रामचन्द्र पौडेलले फूलमाला चढाएर राष्ट्र निर्माताको सम्झना गरेका थिए । नेपाली सेनाले सम्मान अर्पण गरेको थियो । पृथ्वीनारायण शाहको जन्मस्थान गोरखामा पनि विविध कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको थियो ।

सदरमुकाम विदुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटले पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । जिल्ला अध्यक्ष कुलबहादुर खड्गी र केन्द्रिय सहमहामन्त्री झनक प्याकुरेललगायतले पृथ्वीनारायण शाहले गरेको चर्चा गरेका थिए । राजा पृथ्वीनारायण शाहको तस्विर र व्यानरसहित प्रभातफेरी गर्दै बट्टारदेखि दम्की, विदुरबजार हुंदै पार्टी कार्यालयमा आएर सभामा परिणत भएको थियो ।

पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गर्दै मन्त्री बहादुरसिंह लामा ।

यस्तै, विदुर नगरपालिका वडा नम्बर २ को कार्यालयको आयोजनामा भैरवी मन्दिरको प्राङ्गणमा र पृथ्वी स्मारक समितिको आयोजनामा देवीघाटमा भएको छुट्टाछुट्टै कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा र विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ राजा पृथ्वीनारायण शाहले गरेका योगदानको चर्चा गर्नुको साथै पृथ्वीनारायणको दिव्य उपदेशले अहिले सान्दर्भिकताको बारेमा चर्चा गरेका थिए ।

जयन्ती मनाउने समारोहमा पृथ्वीनारायण शाहलाई नेपाली सेना जबरजंग गणले सलामी अर्पण गरेको थियो । नुवाकोटको टुडिखेलबाट जबरजंग गणका सेनासहित खैचडीभजन समूहले प्रभातफेरी गर्दै भैरवी मन्दिरमा आएर सभामा परिणत भएको थियो ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । 

विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरे । साथै, उनले आफ्नो शासनकालमा दिएको ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुंगाबीचको तरुलको संज्ञा दिएका थिए ।

शाहको निधन ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा वि.सं. १८३१ मा भएको थियो ।

नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाह र उनका गोर्खाली सेनाद्वारा विजय अभियानको लागि प्रयोग भएका पदमार्गलाई प्रयोग गरेर नेपाली सेनाले २०७६ सालदेखि एकीकरण द्वीप ज्योतिसहित गोरखादेखि धादिङ, नुवाकोट र काठमाडौंको नेपाली सेनाको मुख्य कार्यालय जंगी अड्डामासम्म पदयात्रा थाल्दै आईरहेको छ ।

ऐतिहासिक तथा पुरातात्विकस्थलहरुको सरक्षा, संरक्षण र सम्बर्द्धन गर्न नेपाल सरकारको नीति कार्यक्रम अनुसार उक्त पदयात्रा गरिएको सेनाले जनाएको छ । फौजले प्रयोग गरेका सामरिमहत्वका बाटोघाटो, प्रयोग गरेका गढीकिल्लाहरु, फौजले तालिम गरेका मैदान, पाटीपौवा, कोसेढुंगाहरुको पहिचान, संरक्षण र पुननिर्माण गरी त्यसको महत्व हालका पुस्तालाई सूसुचित गर्दै भावी पुस्तालाई हस्तान्तरण मूल उद्देश्य रहेको सेनाले जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top