+
Search

ताजा अपडेट +

पपुलर +

सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने

डबली खबर
२ घण्टा अगाडी

कात्तिक ३०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै आज बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म आरटिजीएस प्रणाली सञ्चालन हुने जनाएको हो ।

सरकारले छठ पर्वका अवसरमा पर्सी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटिजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ