sujim advert

भैरुमले मनायो वार्षिकोत्सव

डबली खबर     पुस १७, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bhairum secondary school celebrated 64th anniversary
bidur tax consultancy services in nuwakot

हात्तिगौंडा – भैरुम माध्यमिक विद्यालयले आफ्नो ६४ औं वार्षिकोत्सव विविध सांस्कृतिक तथा सम्मान कार्यक्रम गरी मनाएको छ ।

विदुर नगरपालिका वडा नं ९ हत्तिगौडामा रहेको विद्यालयले सोमबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाएको हो ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा लामा, जनप्रतिनिधि, अभिभावकहरुको उपस्थितिमा वार्षिकोत्सव अवसरमा आयोजित समारोहमा विद्यालयका उत्कृष्ट विद्यार्थी तथा शुभेच्छुकहरुलाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितको सभापत्विमा भएको कार्यक्रममा मन्त्री लामा, नगरप्रमुख श्रेष्ठ, पूर्व नगरप्रमुख सञ्जु पण्डितलगायतले विद्यालयले प्रदान गरेको शिक्षा र चुनौतीबारे चर्चा गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठले विद्यालयको आर्थिक तथा वार्षिक गतिविधि प्रस्तुत गरेका थिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top