नुवाकोट – किस्पाङ गाउँपालिकाको मानेगाउँमा भएको सवारी दुर्घटनाबाट भएको क्षतिप्रति सरकारलाई ध्यानाकर्षण गराएको छ ।
सोमबार सावारी दुर्घटनामा मृत्यु भएका रमेश तामाङको परिवारलाई राहत र घाइतेहरुलाई उपचार सहज बनाउनको लागि आज (बिहिबार) किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामा, संघिय सांसद बहादुरसिंह लामाको समुहले गृहमन्त्री बालकृष्ण खाँडमार्फत सरकारलाई ध्यानाकर्षण गराएको हो ।
नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाको भाल्चेबाट काठमाडौं जादैं गरेको बा ४ ख ५७६२ नम्बरको बस सोमबार बिहान भुमेस्थानमा दुर्घटना हुँदा १ जनाको मृत्यु एवम् बसमा सवार ५२ जना यात्रुहरु घाइते भएको थियो ।
यो पनि पढ्नुहोस्
मन्त्री पाण्डेले लिए घाईते बिरामीको स्वास्थ्यबारे जानकारी
किस्पाङ बस दुर्घटनामा एकको मृत्यु, ५२ घाइते
किस्पाङमा बस दुर्घटना, दुई गम्भीर घाईते
प्रतिक्रिया