२०८१, ८ बैशाख शनिबार

किस्पाङ बस दुर्घटनामा एकको मृत्यु, ५२ घाइते

डबली खबर     कार्तिक १ २०७८ १८:५४

bus accident in nuwakot Heli charter
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – किस्पाङ गाउँपालिकास्थित भुमेस्थानमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने घाइते संख्या ५२ पुगेको छ । दुर्घटनामा परि महिला २२ जना र पुरुष ३० जना घाईते भएका छन् ।

बस दुर्घटनामा परि किस्पाङ गाउँपालिका-१ भाल्चेवेशीका रमेश तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनलाई उद्धार गरि हेलिकप्टरमार्फत् काठमाडौ धापासिस्थत ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी पुर्याईएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

त्रिशुली अस्पतालका प्रमुख डा. दीपेन्द्र पाण्डेका अनुसार दुर्घटनामा परि अतिअशक्त १५ जना, सिकिस्त १४ जना र सामान्य घाईते २२ जना रहेको छ । जसमा १० जना अन्यत्र रिफर, डिस्चार्ज ३४ जना र उपचारत ८ जना रहेको छ ।

दुर्घटनाग्रस्त बस

किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाका अनुसार घाइतेमध्ये ७ जना बिरामीलाई एम्बुलेन्समार्फत काठमाडौं पठाईएको छ । घाइतेहरुको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा प्राथमिक उपचार गरि थप उपचारका लागि काठमाडौको ग्राण्डी तथा ट्रमा सेन्टर पठाइएको उनले बताए ।

दुर्घटनास्थलमा स्थानीय, स्वयंसेवक, प्रशासन समयमै उद्दारको लागि खटिएको थियो ।

आज (सोमबार) बिहान किस्पाङको भाल्चेबाट काठमाडौंका लागि छुटेको केरुङ यातायातको बा ४ ख ५७६२ नं को बस भुमेस्थानमा दुर्घटना भएको हो । बस अनियन्त्रित भई भित्तामा बसको ब्रेक फेल भएर दुर्घटना हुन पुगेको थियो ।

घाईते विवरण

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top