मङ्सिर ११, नुवाकोट । ग्लोबल आइएमई बैंक लिमिटेडलाई अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलले दुई प्रतिष्ठित विधामा सम्मानित गरेको छ।
भिसा इन्टरनेशनलद्वारा आयोजित भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस विधामा अवार्ड प्रदान गरिएको हो।
ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै नविनतम प्रविधिमा आधारित भिसा अन्तर्गतका विभिन्न बैंकिङ सेवाहरूको विकास तथा विस्तार गरेबापत बैंकलाई यो सम्मान दिइएको बैंकले जनाएको छ।
भिसाअन्तर्गतको डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नविन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई थप सेवा–सुविधा विस्तार गरेको कदरस्वरूप बैंकले यी अवार्ड प्राप्त गरेको हो।