२०७८, २३ मंसिर बिहीबार
election office notice 2021

मन्त्री पाण्डेले लिए घाईते बिरामीको स्वास्थ्यबारे जानकारी

डबली खबर     कार्तिक ३ २०७८ १५:२९

injury patient in kispang bus accident
bidur tax
SEBON

नुवाकोट – बागमती प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री केशवराज पाण्डेले किस्पाङ गाउँपालिकाको मानेगाउँमा भएको बस दुर्घटनामा परि उपचारत घाइतेहरुलाई स्वास्थ्य लाभको कामना गरेका छन् । आज कोलेनीस्थित त्रिशूली अस्पतालमा पुगेर पाण्डेले घाईतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका छन् ।

अस्पताल प्रशासनलाई बिरामीको उपचारमा कुनै समस्या भए तुरुन्तै समाधानको निम्ति जुट्न मन्त्री पाण्डेले निर्देशन दिएका छन्। त्रिशूली अस्पतालमा अत्यावश्यक सिटिस्क्यान उपकरण जडान गर्न र हेलिप्याड निर्माण कार्य तत्काल सुरु गर्न उनले निर्देशन दिए । उक्त उपकरण जडान र हेलिप्याड निर्माणको लागि प्रदेश सरकारले आवश्यक सहयोग उपलब्ध गराउने मन्त्री पाण्डेले प्रतिबद्धता व्यक्त गरेका छन् ।

बागमती प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्रि मैनाली, बागमती प्रदेश सांसद आशामाया तामाङ्गले काठमाडौ धापासिस्थत ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमै पुगेर घाईतेहरुलाई भेटेर स्वास्थ्य लाभको कामना गरिसकेका छन् ।

यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामाले त्रिशुली अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए ।

कार्तिक १ गते सोमबार बिहान किस्पाङको भाल्चेबाट काठमाडौंका लागि छुटेको केरुङ यातायातको बा ४ ख ५७६२ नं को बस भुमेस्थानमा दुर्घटना भएको थियो। दुर्घटनामा परि अतिअशक्त घाईते भएको एक युवकको उपचारको क्रममा मृत्यु भएको थियो ।




Bachchhaladevi Suppliers
Trishuli Web Design Services in Nuwakot
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani

प्रतिक्रिया


Top