२०८१, १३ बैशाख बिहीबार

किस्पाङमा बस दुर्घटना, दुई गम्भीर घाईते

डबली खबर     कार्तिक १ २०७८ १२:१२

kispang kerung bus accident
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – किस्पाङ गाउँपालिकाकाे भुमेस्थानमा बस दुर्घटना हुँदा दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा परि बसमा सवार अन्य १२ जना सामान्य घाइते भएका छन् ।

भाल्चेदेखि काठमाडौँ जादै गरेको केरुङ यातायातको बा ४ ख ५७६२ नं काे बस दुर्घटना भएको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । दुर्घटना लगत्तै सुरक्षाकर्मी, स्वयंसेवकहरुलाई घाइतेहरुको उद्दारमा खटाईएको छ । घाईतेहरुको उपचारको लागि त्रिशुली अस्पताल पठाइएको छ ।

घाइतेहरुको उपचारका लागि त्रिशुली अस्पतालमा आकस्मिक उद्धार टोली खटाईएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top