+
Search

ताजा अपडेट +

पपुलर +

बाढीपछि सिटिजन्स बैंकको देवीघाट शाखा बट्टारमा स्थानान्तरण

डबली खबर
५८ मिनेट अगाडी

कात्तिक १७, नुवाकोट ।  भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा लेदोसहित आएको विनाशकारी हिमबाढीबाट पूर्ण रूपमा क्षति भएको सिटिजन्स बैंकको देवीघाट शाखा अब नुवाकोटको बट्टारबाट स्थानान्तरणमा भएको छ।

बैंकले स्थानीय सेवाग्राहीलाई सहज र प्रभावकारी बैंकिङ सेवा दिने उद्देश्यले आजबाट विदुर नगरपालिका वडा नं. २ मा बट्टार शाखा सञ्चालनमा ल्याएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गर्दै उनले देवीघाट शाखा पूर्ण रूपमा क्षति भए पनि ग्राहकलाई उत्कृष्ट सेवा दिने क्रममा बट्टार शाखा सञ्चालनमा ल्याएको बताए। जटिल अवस्थामा धैर्य धारण गरी शाखा सञ्चालनमा ल्याएकोमा उनले कर्मचारीहरूको प्रशंसा गरे।

बाढीले शाखा नष्ट भए पनि कर्मचारीहरू सुरक्षित रहन सफल भएको बैंकले जनाएको छ ।

बागमती प्रदेशमा सिटिजन्स बैंकका ५६ शाखा सञ्चालनमा छन्। बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ८२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ