२०८१, १४ बैशाख शुक्रबार

त्रिशुली अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु

डबली खबर     असार २२ २०७८ १७:५४

infant baby death in trishuli hospital
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – त्रिशुली अस्पतालको लापरवाहीको कारण मंगलवार विहान एक नवजात शिशुको मृत्यु भएको छ ।

आज बिहान त्रिशुली अस्पतालमा प्रशव बेथा लागेर अस्पतालमा सुत्केरी गराउन आएकी विदुर नगरपालिका वडा नम्बर १० वेत्रावतीकी आरती मगरले अस्पतालमा वत्ती नभएकै कारण बच्चा गुमाउनु परेको हो ।

मंगलवार विहान करिव ३ बजेतिर अस्पतालमा सुत्केरी गराउन आइपुगेकी आरतीलाई बत्ती नभएकै कारण डा. मधुकर दाहालले शल्यक्रिया मार्फत सुत्केरी गराउन नसक्ने भन्दै फर्किएको आरतिका श्रीमान नकुल मगरले बताए । उनले आफुले अस्पतालकै लापरवाहीको कारण बच्चा गुमाउन परेको भन्दै अस्पताल प्रशासनले घटनाको दोषीलाई कारवाही र पिडित पक्षलाई न्यायको माग गरेका छन् ।

यस्तै आरतीका छिमेकी अष्टमान डंगोलले अस्पतालमा विविध कारण देखाएर बच्चा र आमाले ज्यान गुमाउनु दुखद घटना भएको भन्दै त्यलाई सच्चाउन अस्पताल प्रशासन लाग्नुपर्ने बताए । उनले अस्पताल प्रशासनले बत्ती नभएको र इन्धन समेत सकिएको वाहाना बनाएर उम्कन नहुने बताए । यसमा अस्पताल प्रशासन गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।

यस्तै त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन दिपेन्द्र पाण्डेले अस्पतालमा विद्युतका लाईन काटिएको र १२ घण्टा लगातार जेनेरेटर चलाउँदा इन्धन अभावका कारण अस्पतालमा दुखद घटना घटेको बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top