+
Search

ताजा अपडेट +

पपुलर +

विद्यार्थीहरूका लागि स्वास्थ्य शिविर सम्पन्न

३२ जनालाई निःशुल्क चस्मा, ८ जनालाई थप उपचारका लागि रेफर

Health camp for students completed
डबली खबर
१ मिनेट अगाडी

असार १८, नुवाकोट । तादी गाउँपालिका र सूर्यगढी गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा विद्यार्थीहरूको लागि स्वास्थ्य शिविर भएको छ।

जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा तादी गाउँपालिकाको सुन्दरा माध्यमिक विद्यालय र सूर्यगढी गाउँपालिकाको बागेश्वरी माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो। श्रवण, दृष्टि, दन्त तथा बाथ/मुटुरोग केन्द्रित शिविरले स्थानीय बालबालिकाको स्वास्थ्य अवस्थाबारे महत्त्वपूर्ण जानकारी दिएको छ।

शिविरमा कुल ४१२ जना विद्यार्थीको आँखा परीक्षण, ४०९ जनाको दाँत तथा मुखरोग परीक्षण, ३७४ जनाको नाक, कान, घाँटी परीक्षण र ३७४ जनाको बालरोग/बाथ मुटुरोगको सामान्य जाँच गरिएको कार्यालयका प्रमुख डा. अञ्जु कार्कीले जानकारी दिए । शिविरमा १०३ जनाको रक्त समूह परीक्षण पनि गरिएको उनले जानकारी दिईन् ।

स्वास्थ्य परीक्षणका क्रममा ३२ जना विद्यार्थीमा दृष्टिसम्बन्धी समस्या देखिएकोले तिलगंगा आँखा अस्पतालको सहयोगमा निःशुल्क चश्मा वितरण गरिएको कार्यालयका सूचना अधिकारी कृष्ण रिजालले जानकारी दिए । यसैगरी ९५ जना विद्यार्थीलाई आवश्यक औषधि उपलब्ध गराइएको थियो भने ८ जना विद्यार्थीलाई आँखा तथा मुटुरोगको थप अनुसन्धान र उपचारका लागि प्रेषण (रेफर) गरिएको उनले जानकारी दिए ।

शिविरमा त्रिशुली अस्पताल र स्थानीय स्वास्थ्यकर्मीहरू, तिलगंगा आँखा अस्पतालको जिल्ला समुदायिक आँखा केन्द्र नुवाकोट र बालरोग विशेषज्ञ प्रा. डा. सिर्जना डङ्गोलको टोलीले शिविर सञ्चालनमा प्रत्यक्ष सहयोग गरेका थिए।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ