+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि जोड: क्रान्तिकारी अध्यक्ष अर्जुनलाल श्रेष्ठ

arjun lal shrestha
डबली खबर
१७ मिनेट अगाडी

असार १४, नुवाकोट । कम्युनिष्ट पार्टी नेपाल नुवाकोट पार्टीका जिल्ला अध्यक्ष अर्जुनलाल श्रेष्ठले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षालाई मुख्य प्राथमिकता दिएका छन्  ।

पार्टीद्वारा आयोजित राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या विषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला अध्यक्ष श्रेष्ठले वर्तमान राजनीतिक, आर्थिक तथा कूटनीतिक चुनौतीहरूबारे चिन्ता व्यक्त गर्दै भारतीय विस्तारवादको विरोध गरेका हुन् ।

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय सेनाको उपस्थिति तत्काल हटाउनुपर्ने माग गरेका छन् । सन् १९१० को सुगौली सन्धिलाई आधार मानेर दुई देशबीचको सीमा निर्धारण गर्नुपर्ने र नेपालको नदी, नाला तथा जलविद्युत् आयोजनाहरू राष्ट्रिय हितमा सञ्चालन गर्नुपर्ने बताए । यसैगरी, विदेशी हस्तक्षेप रोक्ने, असमान सन्धिहरू खारेज गर्ने र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने माग गरेका छन् ।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई पनि पार्टीले प्राथमिकतामा रहेको बताए ।

नुवाकोट जिल्लामा मात्रै सयौं भूमिहीन तथा सुकुम्बासी परिवार प्रभावित रहेको उल्लेख गर्दै उनले  उनीहरूको पुनर्वास, जग्गा वितरण र जीविकोपार्जनका लागि ठोस कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

उनले भने, “भूमिहीन सुकुम्बासी तथा किसानहरूको सम्मानजनक बाँच्ने अधिकार सुनिश्चित गर्न पार्टीले निरन्तर संघर्ष गर्दै आएको छ ।”

पार्टीले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सबै प्रगतिशील शक्ति, देशभक्त नागरिक तथा राजनीतिक दलहरूसँग एकताबद्ध हुन आह्वान गरेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ