+
Search

ताजा अपडेट +

पपुलर +

ग्यास स्टोभ समेत नभएको विद्यालयलाई होटल व्यवस्थापन पढाउन अनुमति: प्रधानाध्यापक दवाडी

headmaster of Tribhuvan Trishuli Secondary School Nuwakot
डबली खबर
१ घण्टा अगाडी

असार १४, नुवाकोट । त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले विदुर नगरपालिकाले आधारभूत पूर्वाधार समेत नभएको विद्यालयलाई होटल व्यवस्थापन विषय पढाउने अनुमति दिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

विद्यालयद्वारा आयोजित एक कार्यक्रममा प्रधानाध्यापक दवाडीले स्थानीय तहले  व्यावसायिक शिक्षा कार्यक्रमलाई बिना प्रयोगशाला र आवश्यक उपकरणको अनुमति दिइरहेको बताए। उनले विशेष गरी होटल व्यवस्थापन जस्तो विषयमा ग्यास स्टोभ समेत नभएको अवस्थामा विद्यार्थी भर्ना लिइएको उल्लेख गरे।

“विदुर नगरपालिका यस्तो नगरपालिका हो जहाँ प्रयोगशाला नै नभए पनि सम्बन्धनका पत्रहरू आइरहेका छन्,” प्रधानाध्यापक दवाडीले भने, “होटल व्यवस्थापन पढाइरहेका छन् र विद्यार्थी भर्ना पनि भइरहेको छ। त्यहाँ खाना पकाउने ग्यास स्टोभ समेत छैन भन्ने कुरा नै पर्याप्त प्रमाण हो।”

उनले विद्यार्थीहरूको आफ्नै सचेतनामा जोड दिँदै भने, “एकपटक विद्यार्थी भर्ना भएपछि उनीहरूले आफैं बुझ्नुपर्छ कि त्यहाँ कस्तो व्यावहारिक ज्ञान प्राप्त हुन्छ। राम्रो ल्याब भएको ठाउँमा पढ्ने कि ग्यास स्टोभ समेत नभएको ठाउँमा पढ्ने भन्ने छनोट विद्यार्थीको आफ्नै हो।”

नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा १ नम्बर वडाका अध्यक्ष लेनिन रञ्‍जित उपस्थित कार्यक्रमले स्थानीय सरकारको भूमिका र अनुगमनबारे पुनर्विचार गर्नुपर्ने देखिन्छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ