असार ११, विदुर । कार्यसम्पादन प्रगति विवरण नतिजा अनुसार नुवाकोट जिल्ला सातौँ स्थानमा झरेको छ।
गृह मन्त्रालयद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकको विवरणअनुसार नुवाकोटसँगै पूर्वीरुकुम र रुपन्देहीले पनि समान १७.३७५ अङ्क प्राप्त गर्दै सातौँ स्थान नै हासिल गरेका छन्।
नुवाकोट, पूर्वीरुकुम र रुपन्देहीको ५१ वटा कार्य स्वीकृतमा ५१ वटै स्वीकृत भएको छ।
मुलुकभरका जिल्लाहरूमध्ये मनाङ जिल्लाले सबैभन्दा बढी प्राप्ताङ्क ल्याएको छ। मनाङले १८ अङ्क हासिल गरी प्रथम भएको छ ।
यसैगरी, कार्य सम्पादनमा म्याग्दी १७.८७, भक्तपुर १७.६२, रसुवा २८.६८७५ र मकवानपुर १७.५ अङ्कसाथ शिर्ष पाँचमा रहेका छन् ।

प्रतिक्रिया