+
Search

ताजा अपडेट +

पपुलर +

ट्राफिकले हटाउन सुरु गर्यो कालो प्लास्टिक स्टिकर र सिसा

Traffic has started removing black plastic stickers and glass
डबली खबर
३ मिनेट अगाडी

असार १६, नुवाकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले सवारीसाधनमा लगाइएका कालो प्लास्टिक स्टिकर र कालो सिसा हटाउने कार्यलाई तीव्रता दिएको छ।

आज टोखा-छहरे सडकखण्ड क्षेत्रबाट सुरु गरिएको कार्यअन्तर्गत एक दिनमै ३० वटा सवारीबाट स्टिकर हटाइएको छ भने १०० भन्दा बढीलाई सचेत गराइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेन्द्र बिष्टले दिएको जानकारी अनुसार नुवाकोट जिल्ला आसपास सञ्चालन हुने निजी, सार्वजनिक तथा सरकारी सवारी साधनमा यस्ता स्टिकर र अत्यधिक टिन्टले दृश्यात्मक स्पष्टता घटाउने, रातिको समयमा दुर्घटना निम्त्याउने जोखिम बढाउने र ट्राफिक नियम उल्लङ्घन गर्ने समस्या देखिएको छ।

“यो कार्यलाई निरन्तरता दिँदै एक हप्तासम्म सम्झाई-बुझाई गरिनेछ। त्यसपछि पनि कालो स्टिकर वा सिसा नहटाउने सवारीलाई हदैसम्मको कानुनी कारबाही गरिनेछ,” बिष्टले बताए।

प्रहरीले सम्झाइएका सवारीको अभिलेख राख्ने र दोहोर्‍याएर पनि नियम पालना नगरेमा जरिवाना तिराउने योजना बनाएको छ।

कार्यमा टोखा-छहरे क्षेत्रमा सञ्चालित विभिन्न सवारीसाधनबाट कालो प्लास्टिक स्टिकर हटाइएको हो ।

तर केही सवारी चालकहरूले भने सिसा सिसाले घाम र चमकबाट बचाउने भन्दै आफ्नो सुविधाका लागि प्रयोग गर्दै आएका थिए। प्रहरीले भने दृश्य स्पष्टता र अन्य सवारी चालकको सुरक्षालाई प्राथमिकता दिँदै नियमित रूपमा अनुगमन गर्ने जनाएको छ।

सवारी तथा यातायात ऐन २०४९ को दफा ३९ अनुसार सवारीधनीले अधिकार प्राप्त अधिकारीको स्वीकृती नलिई रङ, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिस परिवर्तन गर्न नहुने उल्लेख गरेको छ ।

उक्त कार्यले सडक सुरक्षा र ट्राफिक अनुशासन कायम गर्न सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ