जेठ १५, नुवाकोट । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा २५ प्रतिशत ठुलो बजेट सार्वजनिक गरेको बताएका हुन् ।
अर्थमन्त्री डा. वाग्लेका अनुसार यसमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् विनियोजन गरिएको छ ।
सरकारले यसका लागि १४ खर्ब ५ अर्ब राजस्व संकलन र अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने छ।
जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने अनुमान गरेको छ ।
सरकारले आगामी आर्थिक वर्षको लागि ७ प्रतिशत आर्थिक वृद्धि र ६ प्रतिशतको मूल्य वृद्धि हुने लक्ष्य राखेको छ ।
प्रतिक्रिया