+
Search

ताजा अपडेट +

पपुलर +

कक्षा १२ को नतिजा मध्यम, नुवाकोटको उत्तीर्ण दर ६७.५८ प्रतिशत

डबली खबर
१ महिना अगाडी

असार १५, नुवाकोट । राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको कक्षा १२ (+२) को नतिजामा बागमती प्रदेशका १३ जिल्लाहरूमध्ये नुवाकोट जिल्लाले मध्यम प्रदर्शन गरेको छ।

जिल्लाका कुल एक हजार २४६ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमध्ये ८४२ ले उत्तीर्ण गरेका छन् भने ४०४ फेल भएका छन्। यसले नुवाकोटको उत्तीर्ण दर ६७.५८ प्रतिशत बनाएको छ। यो सँगै नुवाकोट प्रदेशको ११औं स्थान मा रहेको छ।

प्रदेशको तुलनात्मक विश्लेषण अनुसार रसुवा जिल्लाले ८६.१८ प्रतिशतसहित सर्वोत्कृष्ट नतिजा हासिल गरेको छ।

रामेछाप, धादिङ, काभ्रेपलाञ्चोक, भक्तपुर र ललितपुरले पनि ८० प्रतिशतभन्दा माथि उत्तीर्ण दर प्राप्त गरेका छन्।

काठमाडौंले ७८.०९ प्रतिशत हासिल गरेको छ।

सिन्धुपाल्चोक (६४.९८%) र मकवानपुर (६४.४८%) लाई भने पछाडि छोड्न सफल भएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ