ककनी, नुवाकोट – ककनी गाउँपालिकाले बिरामी बोक्ने एम्बुलेन्सको लागि भाडादर कायम गरेको छ । पालिकाले बिरामीको उपचारको लागि अस्पतालसम्म पुर्याउन एम्बुलेन्स भाडादर तोकिएको हो।
पालिकाले तोकेको भाडादरमा रानीपौवादेखि काठमाडौंसम्मको भाडादर न्यूनतम दुई हजारदेखि उच्चतम तीन हजार ५ सय रुपैंयाँ कायम गरेको छ।
पालिकाको विभिन्न स्थानहरु हुँदै काठमाडौंको अस्पतालसम्म पुर्याउन १७ किसिमका भाडादर तोकिएको छ।
एम्बुलेन्स आवश्यकता परेमा चालक राजकुमार तामाङलाई ९८१३१४००७१ सम्पर्क गर्न सकिने छ।

प्रतिक्रिया