+
Search

ताजा अपडेट +

पपुलर +

लायन्सद्वारा स्टेसनरी तथा खेलकुद सामग्री हस्तान्तरण

डबली खबर
२ मिनेट अगाडी

असार १८, नुवाकोट । विदुर नगरपालिका वडा नं. २ मा अवस्थित आमाको माया छात्रावासका बालकहरुलाई स्टेसनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।

लायन्स क्लब अफ नुवाकोट क्यापिटल, लायन्स क्लब अफ नुवाकोट आदर्श, लायन्स क्लब अफ नुवाकोट बाराही, लायन्स क्लब अफ नुवाकोट इन्द्रायणी र लायन्स क्लब अफ नुवाकोट सम्पदाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

लायन्स वर्ष २०२६/२७ को पहिलो दिन आयोजित कार्यक्रममा डिष्ट्रिक डिपार्टमेन्ट चिफ केशव मिश्रको प्रमुख आतिथ्यता रहेको थियो भने डिष्ट्रिक चियर पर्सन शान्ति देवी प्रधानको विशेष उपस्थिति थियो।

कार्यक्रमका क्रममा छात्रावासमा रहेका विद्यार्थीहरूलाई आवश्यक स्टेसनरी सामग्री र खेलकुद सामग्री हस्तान्तरण गरिएको लायन अध्यक्ष सुबास श्रेष्ठले जानकारी दिए ।

आयोजक क्लबहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूको शिक्षादीक्षा र खेलकुद विकासमा योगदान पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको जनाएका छन्।

कार्यक्रममा केशव मिश्रले लायन्स क्लबहरूले सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएको बताउँदै छात्रावास जस्ता संस्थाहरूलाई सहयोग गर्दा समाजको समग्र विकासमा टेवा पुग्ने बताए। उनले आगामी दिनमा पनि यस्ता सहयोगी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

डिष्ट्रिक चियर पर्सन प्रधानले छात्रावासका बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि लायन्स क्लबको तर्फबाट सधैं सहयोग रहने बताइन्।

कार्यक्रममा स्थानीय सामाजिक कार्यकर्ता, लायन्स क्लबका पदाधिकारीहरू, छात्रावासका अध्यक्ष सोमप्रसाद पाण्डे तथा विद्यार्थीहरूको उपस्थिति थियो।

कार्यक्रमले नुवाकोट जिल्लामा लायन्स क्लबहरूको सामाजिक कार्यलाई थप उजागर गरेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ