नुवाकोट – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। आज शुक्रबार बोर्डले २०८१ वैशाख १४ देखि सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९० हजार ८६८ र ग्रेडवृद्धितर्फ १ लाख १९३ जना विद्यार्थीले परीक्षा आवेदन भरेकामध्ये २ लाख ३१ हजार २३६ विद्यार्थीले ग्रेड प्राप्त गर्न सफल भए अर्थात् उत्तीर्ण भएका छन्।
नतिजाअनुसार १२२ जनाको परीक्षा रद्द भएको छ भने १२ हजार ६७२ परीक्षार्थी अनुपस्थित रहेको छ ।
नतिजाबोर्डको र नेपाल टेलिकमको वेबसाइटबाट परीक्षाफल हेर्न सकिने व्यवस्था गरिएको छ । साथै NEB टाइप गरी एक स्पेस दिएर सिम्बोल नम्बर राखी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिन्छ।
१६०० मा फोन गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।
प्रतिक्रिया