विदुर – सामाजिक सञ्जाल मार्फत् आज हराएको सामग्री फेला परेको छ ।
नुवाकोट जिल्ला साविकको खानीगाउँ वडा नम्बर ४ रहेको सुमन लामिछानेको गत फाल्गुण ११ गते हराएको पर्स र अन्य महत्वपूर्ण कागजातहरु सवारीचालक अनुमतिपत्र, बिलबुक गंगटे हुदै ढिकुरे आउने क्रममा सामारी निवासी प्रताप तामाङले फेला पारेका थिए ।
तामाङले उक्त फेला पारेको सामग्री कोहिले पनि लिन नआएपछि पत्रकार शक्तिमाया तामाङलाई बुधबार दिएका थिए । पर्समा नगद भने नभएको अवस्थामा फेला परेको थियो ।
शक्तिमायाले उक्त सामग्रीहरुको तस्विर र विवरणसहित फेसबुक मार्फत शेयर गरेकी थिईन ।
सामाजिक सञ्जालमा पोस्ट गरेको दुईदिन पछि सम्बन्धित व्यक्ति र आफन्त सम्पर्कमा आएर आज लामिछानेका भिनाजु गुरु गाेविन्द न्याैपानेले बुझेका छन् ।
प्रतिक्रिया