+
Search

ताजा अपडेट +

पपुलर +

तीन वर्षमा १ सय ५२ जनाले गरे आत्महत्या

hanging death
डबली खबर
६ साल अगाडी

नुवाकोट । गएको तीन वर्षमा नुवाकोटका १ सय ५२ जनाले आत्महत्या गरेका छन्। विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय नुवाकोटले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा महिला ७६, पुरुष ७१, बालक २ र बालिका ३ जना गरी १ सय ५२ जना रहेका छन् ।

वार्षिक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा नुवाकोटका ४८ जनाले आत्महत्या गरेका छन्। विष खाएर १२ जनाले, झुण्डिएर २५ जनाले र पानीमा हाम फलेर १ जनाले आत्महत्या गरेका छन्। गत वर्ष २५ जना पुरुष २१ जना महिला र १ बालकले आत्महत्या गरेका हुन्।

आर्थिक वर्ष २०७४÷७५ मा ६४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा रहेको छ। त्यस वर्ष विष खाएर ३१, झुण्डिएर ३२ र १ जनाले पानीमा हाम फालेर आत्महत्या गरेका थिए । जस मध्ये महिला ४० र पुरुष २४ जना रहेका छन्।
यस्तै आर्थिक वर्ष २०७३÷७४ मा ४० जनाले आत्महत्या गरेका छन्। विष खाएर १०, झुण्डिएर ३० जनाले आत्महत्या गरेका छन् । जसमध्ये पुरुष २२, महिला १५, बालक १ र बालिका २ जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेका अनुसार अनुसन्धान गर्दा लैङ्गिक तथा घरेलु हिंसा भोग्नु परेर, पारिवारिक बेमेल, झैझगडा र आवस्यक खिचातानी, शारिरिक तथा मानसिक तनाव भएर, लामो समयसम्म निको नहुने दिर्घ रोग लागेर, आफूले रोजे अनुसार काम नपाएर÷नभएर,  प्रेममा धोका  पाएर, नतिजामुखि प्ररिणाममा सफलता नभएर  मान्छेले आत्महत्या गरेको पाइएको बताएका छन्।

विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्षको सेप्टेम्बर १० तारिखको दिन मनाउने गरिएको छ। यस वर्ष पनि ‘आत्माहत्या रोकथाममा मिलेर काम गरौँ’ भन्ने नारासहित जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा महिला बालबालिका संरक्षण सञ्जालले अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ