+
Search

ताजा अपडेट +

पपुलर +

सिमेन्टको आयु कसरी थाहा पाउने ?

nepal cement pcc opc price and manufacture date
डबली खबर
६ साल अगाडी

सिमेन्ट उद्योगले उपभोक्ताले प्रत्यक्ष रूपमा थाहा पाउने गरी उत्पादन मितिसमेत राख्दैनन्।

बोरामा वर्षको ५२ हप्ता अनुसार ५२ वटै ब्याच नम्बर राखिएको हुन्छ। जस्तैः २०७६ बैसाख १ गतेदेखि ७ गतेसम्म उत्पादन गरिएको सिमेन्टका बोरामा २०७६/१ लेखिएको हुन्छ। बोरामा २०७६/५२ लेखिएको छ भने त्यो सिमेन्ट २०७६ चैतको अन्तिम हप्ता उत्पादन गरिएको हो भनी बुझ्नुपर्छ।

यसकै आधारमा ब्याच नम्बर २०७६/१४ लेखिएको सिमेन्ट २०७६ सालको साउनको दोस्रो साता उत्पादन भएको हो र यसको प्रयोग गरिसक्नुपर्ने मिति २०७६ कात्तिक दोस्रोसम्म मात्रै हो भनी बुझ्नुपर्ने हुन्छ। तर सिमेन्टको स्टोरेजमा सावधानी नअपनाउँदा एकै दिनमा सिमेन्ट प्रयोग गर्न नमिल्ने हुन सक्छ।

सिमेन्ट पनि खाद्य सामग्री जस्तै उत्पादन भएको निश्चित अवधिभित्र उपयोग गरिसक्नुपर्छ। नत्र ‘डेट एक्सपायर्ड’ हुन्छ र निर्माण कच्चा हुन जान्छ। सिमेन्ट सही तरिकाले स्टोर गरिएको छ भने ३ महिनाभित्र प्रयोग गर्न सकिने गुणस्तर विभागले जनाएको छ। नेपालमा अहिले ६१ वटा सिमेन्ट उद्योगले नेपाल गुणस्तर (एनएस) चिह्न प्रमाणपत्र लिएका छन्। यसबाहेक भारतीय ८ वटा सिमेन्टले पनि प्रमाणपत्र लिएका छन्।

नेपाली सिमेन्ट उद्योगको दैनिक क्षमता ३० हजार टन उत्पादन छ। यी उद्योगले हाल दैनिक ७ लाख बोरा उत्पादन गर्ने गर्छन्।

नेपाल लाईभमा प्रकाशित भएकोमा हेडलाईन परिवर्तन गरि प्रकाशित गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ