+
Search

ताजा अपडेट +

पपुलर +

महामारीबीच नुवाकोटमा गाईजात्रा मनाईयो

gaijatra 2077 trishuli nuwakot-min tws yesubc
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रमको आयोजना गरी नुवाकोटमा पनि मनाईयो । कोरोनाभाइरसका कारण नुवाकोटमा गाईजात्रा निकालिए तापनि सिमित स्थानमा मात्र लाखे नाच प्रदर्शन भएको छ ।

आजका दिन १ वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

माहामारीको समयमा पनि परम्परालाई निरन्तरता दिदैं सिमित समय र स्थानहरुमा गाईजात्रा गरिएको विदुर नगरपालिका-१ त्रिशुलीका कविन्द्रमान प्रधानले बताए ।

विदुर नगरपालिका-१ त्रिशुलीमा निकालिएको मूल गाई । फोटो: सुनील श्रेष्ठ

यस्तै विदुर नगरपालिका-२ नुवाकोटमा भने विधिवत रुपमा धुमधामका साथ एक मूल गाईसहित १६ गाई निकालिएको स्थानीय महेन्द्र श्रेष्ठले बताए । जात्रामा प्रायले मास्क लगाएको थियो ।

विदुर नगरपालिका-१ त्रिशुलीमा निकालिएको गाई । फोटो: सुनील श्रेष्ठ

बेत्रावतीमा भने गाईजात्रा तथा लाखे नाच प्रदर्शन भएको छ । स्थानीय शशीकुमार डंगोलका अनुसार कृष्ण मन्दिरमा विधिवत् रुपमा पुजापाठ, भजनकिर्तन, लाखे नाँच र गाईजात्रा गरिएको छ । एउटा मूल गाई र तीन वटा साधारण गाई निकालिएको थियो ।

संस्कृति लोप हुन नदिनको लागि गाई निकालेका आफन्त बाहेक सिमित स्थानीयमात्र भेला भएर छोटो समय जात्रा प्रदर्शन गरिएको छ ।

विदुर नगरपालिका-१ त्रिशुलीमा निकालिएको गाई । फोटो: सुनील श्रेष्ठ
विदुर नगरपालिका-२ नुवाकोटमा निकालिएको मूल गाई
बेत्रावतीमा निकालिएको गाई । फोटो: सहन डंगोल
बेत्रावतीमा लाखेनाच । फोटो: सहन डंगोल
बेत्रावतीमा लाखेनाच । फोटो: सहन डंगोल

गाईजात्रा

आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ