sujim bazar advert

शिक्षा र रोजगारलाई प्राथमिकता: बद्री मैनाली

डबली खबर     फाल्गुन १६, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

badri mainali candidate nuwakot 2 commitment
Big Education Consultancy Nuwakot

१६ फागुन, नुवाकोट । प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार बद्री मैनालीले शिक्षा र रोजगारलाई प्राथमिकतामा राख्दै आफ्नो चुनावी प्रतिबद्धतामा राखेका छन् ।

“मेरो प्रतिबद्धता” शीर्षकअन्तर्गत सार्वजनिक गरिएको घोषणामा उनले गुणस्तरीय शिक्षा र रोजगारमुखी सीप विकासमार्फत समृद्ध भविष्य निर्माण गर्ने आधार तयार गर्ने बताए।

उनले सामुदायिक विद्यालयहरूको पूर्वाधार सुदृढीकरण तथा डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकतामा राखेका छन् । माध्यमिक तहसम्म निःशुल्क शिक्षाको सुनिश्चितताका लागि आवश्यक नीति निर्माण र प्रभावकारी कार्यान्वयन गरिने उनको भनाइ छ।

त्यसैगरी, प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रम विस्तार गरी रोजगारमुखी सीप विकासमा विशेष जोड दिइने उल्लेख छ।

विद्यार्थीका लागि छात्रवृत्ति व्यवस्था तथा उत्कृष्ट प्रदर्शन गर्ने छात्र–छात्रालाई पुरस्कार प्रदान गर्ने योजना पनि उनले अघि सारेका छन् ।

युवालाई लक्षित गर्दै रोजगारमुखी सीप तालिम सञ्चालन गरी व्यावसायिक तथा स्वरोजगार क्षमता अभिवृद्धि गर्ने कार्यक्रमसमेत समेटिएको छ।

शिक्षा क्षेत्रको सुधारमार्फत दीर्घकालीन विकास र आर्थिक सुदृढीकरणको आधार तयार गर्ने लक्ष्यसहित मैनाली चुनावी मैदानमा सक्रिय रहेका छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top