+
Search

ताजा अपडेट +

पपुलर +

विश्व लगानीकर्ता सप्ताहमा प्रभातफेरी

डबली खबर
८ घण्टा अगाडी

असोज २२, नुवाकोट । विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नुवाकोटमा प्रभातफेरि कार्यक्रम भएको छ।

“आफ्नो भविष्यमा लगानी गर्नुहोस्, आजै सुरक्षित गर्नुहोस्” भन्ने नारासहित आयोजना गरिएको प्रभातफेरीमा जिल्लास्थित वित्तीय संस्थाका कर्मचारी र सरोकारवालाहरुको सहभागिता रहेको वित्तीय संस्था एवं बीमा कर्मचारी क्लबका अध्यक्ष सुबर्णराज कँडेलले जानकारी दिए ।

नेपाल स्टक हाउस प्रा.लि. (ब्रोकर नम्बर १४) को आयोजना तथा बैंक, वित्तीय संस्था एवं बीमा कर्मचारी क्लब, नुवाकोटको सह-आयोजनामा कार्यक्रम सञ्चालन भएको थियो।

सप्ताह कार्यक्रमअन्तर्गत सर्वसाधारणमा सेयर बजार र वित्तीय साक्षरता लगायत विविध कार्यक्रम गरी मनाईने जनाएको छ ।

सप्ताहव्यापी कार्यक्रम आश्विन १९ गतेदेखि २५ गतेसम्म (अक्टोबर २०२६) मनाइँदैछ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ