+
Search

ताजा अपडेट +

पपुलर +

बाढीबाट क्षति भएका तीन सहकारीले सङ्घको भवनबाट सेवा सुरु

डबली खबर
८ घण्टा अगाडी

असोज २२, विदुर । बाढीबाट पूर्ण क्षति भएका सहकारीमध्ये तीन सहकारीले कार्यालय सञ्चालनका लागि जिल्ला सहकारी सङ्घ नुवाकोटको भवनबाट आफ्नो सेवा सुरु गरेका छन्।

बाढीले कार्यालय भवन र पूर्वाधारमा पुर्‍याएको क्षतिका कारण ती सहकारीले अस्थायी रूपमा जिल्ला संघको भवन प्रयोग गरी सदस्य सेवा निरन्तर राखेका हुन्।

बाढीबाट प्रभावित सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूलाई सेवा दिन सहज वातावरण तयार पार्न जिल्ला सहकारी सङ्घसँग समन्वय गरेको सङ्घका व्यवस्थापक रबिन्द्रमान श्रेष्ठले बताए ।

जिल्ला सहकारी सङ्घले क्षतिग्रस्त सहकारीलाई कार्यालय व्यवस्थापनमा सहयोग पुर्‍याएको जनाएको छ।

बाढीपछिको अवस्थामा सहकारी क्षेत्रको सेवा अवरुद्ध नहोस् भनी गरिएको यो व्यवस्था सदस्य हितका लागि महत्वपूर्ण कदम मानिएको छ।

बाढीबाट नुवाकोट जिल्लाका १५ सहकारी संस्थाको कार्यालय तथा गोदामघरमा क्षति पुगेको जनाएको छ ।

त्रिशूली बचत तथा ऋण सहकारीले विदुर नपा-९ कोलिनीबाट र उपकार बचत तथा ऋण सहकारी संस्था विदुरस्थित सञ्चारचोकबाट आफ्नो सेवा सुरु गरेका छन्।


बाढी प्रभावित नुवाकोट र धादिङका आठ सहकारीलाई कार्यालय सामग्री सहयोग

बाढी प्रभावित नुवाकोट र धादिङका आठ सहकारीलाई कार्यालय सामग्री सहयोग

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ