असोज २३, नुवाकोट । भोटेकोशी–त्रिशूली नदीमा लेदोसहित आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा ४५औँ दिनको अवसरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा भएको छ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बट्टारको आयोजनामा विदुर नगरपालिकाको बट्टार पुरानो बजारमा आयोजित उक्त सभामा बाढीपीडित मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको हो ।
कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, विदुर नगरपालिका वडा नं. १, ४ र ५ का वडाध्यक्षहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
विपद्मा जीवन गुमाएकाहरूलाई स्मरण गर्दै आयोजित यस कार्यक्रमले पीडित परिवारलाई मानसिक सान्त्वना दिने उद्देश्य राखेको थियो।