+
Search

ताजा अपडेट +

पपुलर +

२१ वटा अस्थायी आवास हस्तान्तरण

डबली खबर
१ दिन अगाडी

असोज २८, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटका बाढीपहिरो प्रभावित परिवारका लागि निर्माण गरिएका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन् ।

बेलकोटगढी नगरपालिका–७ महादेवफाटमा आयोजित एक कार्यक्रममा संयोजक प्रचण्डले प्रभावित परिवारलाई घरको साँचो हस्तान्तरण गरेका हुन् ।

उक्त आवासहरू वाईसीएल नेपालको पहलमा बेलकोटगढी र विदुर नगरपालिकाका पीडित परिवारका लागि निर्माण गरिएको वाईसीएलका नुवाकोट जिल्ला अध्यक्ष जलन गजुरेलले जानकारी दिए ।

संयोजक प्रचण्डले रसुवा र नुवाकोटका बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण समेत गरेका थिए।

अस्थायी आवासका प्रति परिवारमा दुई कोठा र एक शौचालय छन् । आवास निर्माणमा करिब चार लाख रुपैयाँ खर्च भएको वाईसीएलका उपाध्यक्ष हरि ढकालले जानकारी दिए । दाताहरूबाट प्राप्त निर्माण सामग्री, प्राविधिक सहयोग र संगठनका कार्यकर्ताहरूको श्रमदानबाट संरचना तयार पारिएको उनले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ