+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा २५१ परिवारले राखे सामूहिक जमरा

डबली खबर
७ घण्टा अगाडी

असोज २५, नुवाकोट । आज घटस्थापनाका दिन बेलकोटगढीमा विभिन्न समुदायका परिवारले एकै स्थानमा सामूहिक रूपमा जमरा राखेका छन्।

बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा स्थानीय ब्राह्मण, क्षेत्री, आदिवासी–जनजाति र दलित समुदायका परिवारहरूले दसैँका लागि जमरा राखेका हुन्।

मन्दिरका पूजारी भोलाराज पौडेलका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सबै जातजातिका २५१ परिवारले एकै ठाउँमा जमरा राखेका छन्।

स्थानीयले विजया दशमीदेखि सुरु हुने नवदुर्गा भवानीको प्रसाद ग्रहणमा लगाउने जमरा सामूहिक रूपमा यही मन्दिरमा राख्ने परम्परागत अभ्यासलाई निरन्तरता दिएका हुन्।

यो अभ्यासले विभिन्न जातजातिबीचको सहकार्य र सामाजिक सद्भावलाई थप मजबुत बनाएको स्थानीयहरू बताउँछन्।

 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ