sujim bazar advert

बद्रि मैनालीको विकासका ५ वर्षे महत्वाकांक्षी कार्यदिशा

सुनील श्रेष्ठ     फाल्गुन ७, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

badri mainali candidate nuwakot 2 commitment
Big Education Consultancy Nuwakot

७ फागुन, विदुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बद्री मैनालीले नुवाकोट क्षेत्र नं. १ का लागि समग्र विकासका स्पष्ट प्राथमिकता र कार्ययोजना सार्वजनिक गरेका छन्।

“समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय संकल्पलाई आधार बनाउँदै उनले पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रमा संरचनागत सुधारको प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रतिबद्धताअनुसार आगामी पाँच वर्षभित्र नुवाकोट जिल्लाका ककनी गाउँपालिकादेखि दुप्चेश्वर गाउँपालिकासम्मका ४५ ओटै वडा क्षेत्रका सबै गाउँपालिका र वडामा स्तरोन्नत सडक सञ्जाल विस्तार, रणनीतिक पुल तथा सडक निर्माणमा तीव्रता, सुरक्षित खानेपानी तथा दीर्घकालीन सिँचाइ आयोजना कार्यान्वयन गरिनेछ। साथै “डिजिटल नुवाकोट” अवधारणाअन्तर्गत स्मार्ट प्रशासन, निःशुल्क वाइफाइ विस्तार तथा डिजिटल सेवा प्रणाली सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ।

“एक पालिका–एक उत्पादन” नीति कार्यान्वयन गर्दै बाँझो जमिन उपयोग, कृषि संकलन केन्द्र स्थापना, कृषि एम्बुलेन्स व्यवस्था, जडीबुटी तथा फलफूलको व्यावसायिक उत्पादन विस्तार गरिने योजना सार्वजनिक गरिएको छ।

कृषकलाई गुणस्तरीय मल उपलब्ध गराउन आवश्यक अध्ययन तथा समन्वय गर्ने, कृषि बीमा र यान्त्रीकरण विस्तार गर्ने प्रतिवद्धता समेत गरिएको छ।

ककनी, सूर्यगढी, दुप्चेश्वर लगायत धार्मिक तथा प्राकृतिक क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रूपमा विकास गर्ने योजना प्रस्तुत गरिएको छ। होमस्टे प्रवर्द्धन, डिजिटल पर्यटन प्लेटफर्म निर्माण र स्थानीय रोजगारी सिर्जनामा जोड दिइने उल्लेख छ।

सामुदायिक विद्यालयमा डिजिटल शिक्षा विस्तार, माध्यमिक तहसम्म निःशुल्क शिक्षाको सुनिश्चितता तथा प्राविधिक शिक्षा विस्तार गर्ने योजना अघि सारिएको छ।

स्वास्थ्यतर्फ प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति, मातृ–शिशु स्वास्थ्य कार्यक्रम सुदृढीकरण र निःशुल्क औषधि आपूर्ति सुनिश्चित गरिने जनाइएको छ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै पारदर्शी बजेट प्रणाली, सामाजिक लेखा परीक्षण र सार्वजनिक प्रतिवेदनलाई नियमित बनाइने प्रतिबद्धता जनाइएको छ। संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयमार्फत परिणाममुखी विकासलाई प्राथमिकता दिइने बताइएको छ।

मैनाली पूर्व बागमती प्रदेश कृषि राज्यमन्त्री र नेकपा एमाले नुवाकोटका अध्यक्ष समेत रहिसकेका छन्। लामो समयदेखि पार्टी संगठन र सार्वजनिक प्रशासनमा सक्रिय उनले नुवाकोट क्षेत्र नं. १ लाई आर्थिक, सामाजिक र पूर्वाधार विकासमा नमूना क्षेत्र बनाउने दाबी गरेका छन्।

उनले प्रतिवद्धतामार्फत आफ्ना क्षेत्रका मतदातासमक्ष विकास, सुशासन र रोजगारी सृजनाको स्पष्ट कार्ययोजनासहित समर्थनको अपिल गरेका छन्।

प्रतिवद्धता पत्र

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top