१४ असार, विदुर, । नुवाकोट जिल्लामा शैक्षिक सत्र २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसइई) मा दुई हजार १५९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसइईको नतिजा सार्वजनिक गरेको थियो ।
शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका अनुसार जिल्लामा ५८.८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । इकाई प्रमुख रामचन्द्र इटनीले एसइईमा ४ जनाले ४ जिपिए ल्याएको जानकारी दिए। उनका अनुसार एसइईमा जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या २०९ जना रहेको छ ।
सामुदायिकतर्फ ज्ञानज्योति माध्यमिक विद्यालय (किस्पाङ)का बसन्त भट्ट र पृथ्वी मावि (विदुर)का योगेश्वर आचार्य रहेका छन् । निजी विद्यालयतर्फ युनिभर्सल बोर्डिङ स्कुल (तादी)का दिप्सन सुवेदी र अर्किड एकेडेमी नुवाकोटका रोहित श्रेष्ठले समान ४/४ जिपिए ल्याएका छन् ।
एक हजार ५११ जना विद्यार्थीले पूरक परीक्षा दिन पाउने भएको छ ।
परीक्षामा कुल जिल्लाका ४ हजार ६१५ विद्यार्थी परीक्षामा सहभागीता जनाएका थिए । नतिजाअनुसार ९४५ विद्यार्थीहरु तीन विषयभन्दा बढी विषयमा अनुत्तीर्ण भएका छन् ।
प्रतिक्रिया