७ फागुन, नुवाकोट । माध्यामिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु हुँदैछ ।
आजबाट सुरु भएको परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षाका लागि दुई हजार ७९ केन्द्र कायम गरिएको छ ।
नुवाकोट जिल्लाका चार हजार ६१५ जना विद्यार्थीहरुले परीक्षा दिदैंछन् । यस वर्षको एसइई परीक्षामा नियमिततर्फ तीन हजार ४४२ र प्राविधिकतर्फ २२६ विद्यार्थी सहभागी हुँदैछन् । परीक्षाका लागि २१ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रामचन्द्र इटनीले जानकारी दिए ।
परीक्षा चैत ७ गतेदेखि सुरु भएर १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।
चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्धितियको परीक्षा सञ्चालन हुनेछ ।
लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छभने चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तिर्ण भएका थिए ।
प्रतिक्रिया