+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक तिहाईनै गृह जिल्ला बस्दैन नुवाकोटका विद्यार्थीहरु

एक तिहाईनै गृह जिल्ला बस्दैन नुवाकोटका विद्यार्थीहरु
डबली खबर
९ महिना अगाडी

१३ असार, नुवाकोट । माध्यमिक शिक्षा परीक्षा एसइई दिएका विद्यार्थी जिल्लामै नबस्ने तथ्यांकले देखाएको छ । परीक्षा दिएका धेरै विद्यार्थीहरू आफ्नो गृह जिल्लामा रहेर अध्ययनलाई निरन्तरता दिने सम्भावना कम हुँदै गईरहेको छ ।

स्रोत र सुविधाहरू, रोजगारी, शिक्षकको गुणस्तर, प्रतिस्पर्धा एवम् अवसर, शैक्षिक वातावरण, आधुनिक जीवनशैली, आर्थिक अवस्थालगायतका कारण उच्च शिक्षाका लागि विद्यार्थीहरू राजधानी वा अन्य शैक्षिक केन्द्रहरूतर्फ जाने गरिएको सरोकारवालाहरु बताउँछन् । यसले जिल्लाका शैक्षिक सुविधाको स्तर र उपलब्धताको विषयमा प्रश्न उठेको छ ।

बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतले माध्यमिक शिक्षाका विद्यार्थीहरुलाई पढ्दै कमाउँदै नीतिको अवधारण ल्याउनुपर्ने बताए । जिल्लामा रहेका स्थानीय तहले उद्योग, व्यवयासीहरुसँग समन्वय गरेर रोजगारीको सिर्जना गर्न सके विद्यार्थीको आर्थिकोपर्जनमा सजगता हुने छ । विद्यार्थीले पढ्दै आंशिकरुपमा काम गर्ने वातावण मिलाउनुपर्ने औंल्याइएका छन् । प्रदेश सरकार प्रदेशमा जनशक्तिको स्थिति हेरेर उक्त नीतिलाई कार्यान्वन प्रक्रियामा रहेको उनले बताए।

पञ्चकन्या गाउँपालिकाका शिक्षा अधिकृत धर्मराज रिमालले कक्षा १० उत्तीर्ण गरेपछि गाउँ वा जिल्लाबाहिर जाने परिपाटी बन्नु, स्थानीय विद्यालयमा विद्यालयले चाहेअनुसारको शिक्षाको अध्यापन नहुनु र रोजगारीले गर्दा जिल्ला छोड्नेको होड बढ्दो रहेको बताए। स्थानीय तहलेमै समयसापेक्ष शिक्षा नीति लागू गरी गाउँमै अध्यापन गर्ने वातावरण र रोजगारी सिर्जना गर्न सके विद्यार्थी आफ्नो गाउँघरमै बस्ने उनले बताए ।

एसइईमा सर्वोत्कृष्ट विद्यार्थीहरु माध्यमिक शिक्षा अध्ययन र अवसरको निमित्त जिल्ला बाहिर जानेको गरेको शिक्षा विज्ञ रामहरी रिमालले बताए । आफुले चाहेको विषय, प्राविधिक शिक्षा अध्ययन, पहुँचको सहजताका कारण जिल्ला बाहिरने वा काठमाडौँ जाने गरेको बताए। विशेषत: विज्ञानको अध्यापन सोचे जस्तो नहुने भएकोले पनि जिल्ला छाड्ने गरेको उनले बताए ।

स्थानीय तहले शिक्षा नीति तथा आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा विद्यार्थी अन्यत्र जाने अवस्थामा पुगेका नागरिक समाजका उपाध्यक्ष बसन्त रिजालले बताए ।

एसइई २०८० को नतिजा । स्रोत: शिक्षा इकाई तथा समन्वय नुवाकोट

एसइई २०८० को नतिजाअनुसार कुल तीन हजार ८४४ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमा एक हजार ६४५ जना उत्तीर्ण र दुई हजार १९९ जनाले एनजी ल्याएका थिए ।

शैक्षिक सत्र २०८० को विवरण । स्रोत: शिक्षा इकाई तथा समन्वय नुवाकोट

शिक्षा इकाई तथा समन्वय नुवाकोटका तथ्यांकअनुसार शैक्षिक सत्र २०८० मा कक्षा १० मा चार हजार २०३ जना विद्यार्थी अध्ययन गरेका थिए । उक्त शैक्षिक सत्रमा नुवाकोटबाट ४ हजार ६१३ जनाले एसइई परीक्षा दिएका थिए तर जिल्लामै भएका माध्यमिक विद्यालयको कक्षा ११ मा दुई हजार ५३ जनाले भर्ना गरेका थिए। जसमा दुई हजार ५६० जना जिल्ला बाहिर माध्यमिक शिक्षा अध्ययनको लागि गएका थिए ।

यस शैक्षिक सत्र २०८१ मा निरन्तर विद्यार्थी सङ्ख्या घटेर न्यून भएपछि कतिपय प्राविधिक विद्यालयहरुमा कक्षा ११ मा शुन्य भर्ना रहेको थियो ।

यस शैक्षिक वर्षमा नुवाकोटका विभिन्न विद्यालय र प्राविधिक विद्यालयहरुमा कक्षा ११ मा करीब १ हजार ५ सय ९२ जना विद्यार्थीहरु मात्र अध्ययनरत छन् ।

गत शैक्षिक वर्ष २०८० को एसइई परीक्षामा जिल्लाका तीन हजार ९२२ विद्यार्थी सहभागीता जनाएका थिए । यस वर्ष नुवाकोट जिल्लाबाट चार हजार ६१५ जना विद्यार्थीहरुले परीक्षा दिएका थिए । परीक्षामा नियमिततर्फ तीन हजार ४४२ र प्राविधिकतर्फ २२६ विद्यार्थी सहभागी भएका थिए ।

सरोकारवालाहरूले स्थानीय स्तरमै शिक्षा र रोजगारीको संरचना विकास गर्नुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ