८ चैत, विदुर – नुवाकोटका बैंक, वित्तिय र बीमा कर्मचारीले तेह्रौँ संस्करण `ग्लोबल मनी वीक २०२५´को अवसरमा शुक्रबार प्रभातफेरीकाे आयाेजना गरेकाे छ ।
हरेक वर्ष मार्च महिनामा हप्ताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यसवर्षको नारा ‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ रहेको छ ।
वित्तीय साक्षरताकाे महत्व दर्शाउँदै गरिएको उक्त प्रभातफेरीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रम विदुर नगरपालिकाको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको गेटबाट सुरू भइ बट्टार, सदरमुकाम विदुर भई पुन: हावाघरनै पुगेर समापन भएको थियो । सहभागीहरूले वित्तीय शिक्षाको महत्वबारे सचेतना फैलाउने नाराहरु लेखिएका ‘प्ले कार्ड’ बाेकेका थिए ।
उक्त अवसरमा विदुर नगरपालिकाका-२ का अध्यक्ष दीपक कायस्थ र ४ नम्बरका वडा अध्यक्ष निलमबाबु ढुङ्गेलले बचत, लगानी र वित्तीय योजना सम्बन्धी सचेतना अभिवृद्धि गर्दै युवाहरूलाई आर्थिक रूपमा जिम्मेवार बन्न प्रेरित गर्ने बताएका छन् ।
सन् २०१२ देखि हरेक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी वीक मनाउँदै आइएको छ ।

प्रतिक्रिया