+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले दोस्रो चरणको आर्थिक सुधार सुरु गर्न ढिलाइ नगरोस्: पूर्वअर्थमन्त्री महत

finance minister prakash sharan mahat
डबली खबर
१ साल अगाडी

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

बिहिबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सरकारले आफैं आर्थिक गतिविधिमा सहभागी हुनेभन्दा पनि निजी क्षेत्रलाई अगाडि सार्नुपर्ने बताएका हुन् ।

‘अहिले तीन कुरामा सरकार फोकस हुनुपर्छ। आर्थिक रुपान्तरण सबैभन्दा महत्वपूर्ण छ। आर्थिक वृद्धि हुने गरी आर्थिक रुपान्तरण गर्ने कुरामा सरकारको सबै शक्ति र ध्यान जानुपर्छ,’ पूर्वअर्थमन्त्री डा. महतले भने, ‘सरकारले आफैं आर्थिक गतिविधिमा सहभागी हुने होइन। निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रुपमा अगाडि बढाउनुपर्छ। सरकारले नियमनका साथै प्रतिस्पर्धाको वातावरण बनाउनुपर्छ। ट्याक्स रिफर्म गर्नुपर्छ।’

पूर्वअर्थमन्त्री डा. महतले संसद्का दुई ठूला दलको सरकारले दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्ने बताए। उनले कानुनमा सुधारदेखि लगानीको वातावरण अहिलेको मुख्य आवश्यकता भएको बताए। लगानी सुधारलाई सरलीकरण नगरे पुँजी पलायन बढेर जाने पूर्वअर्थमन्त्री डा. महतले बताए।

‘हाम्रा कानुन धेरै विरोधाभासपूर्ण छन्। एकरुपता दिन जरुरी छ। परिणाममुखी बनाउन जरुरी छ,’ पूर्वअर्थमन्त्री डा. महतले भने, ‘लगानीकर्ता भित्र्याउन विश्वभर प्रतिस्पर्धा छ। लगानीसम्बन्धी कानुन सरल र सहज नबनाउने कोही पनि उहाँ आउने छैनन्। अरु देशले रेड कार्पेट ओछ्याइरहेका छन्। नेपालीहरुले पनि लगानी गर्दैनन्। बाहिर जान्छन्। पुँजी पलायन हुन्छ। त्यैले कांग्रेस र एमालेको सरकारले अब दोस्रो चरणको आर्थिक सुधार सुरु गर्नुपर्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ