काठमाडौं – पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन बजेटमा ऋणको आकार बढाउन सरकारले जाेड दिएकाे बताएका छन् । आईतबार इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ’पोस्ट बजेट–एक समग्र बहस’ कार्यक्रममा पूर्वमन्त्री महतले उक्त भनाइ राखेका हुन् ।
पूर्व अर्थमन्त्री महतले ठीक ठाउँमा लगानी नहुँदा समग्र आम्दानी नबढ्ने बताए । नेपालमा उत्पादन न्युन हुँदै गएको छ ।
‘विनियोजनको कति प्रतिशत उपलब्धी हुने भन्ने यकिन नै नगरि बजेट ल्याउने गरिएको छ । हाल नेपालमा उत्पादन न्यून हुँदै गएको छ, यसको अर्थ हाम्रो लगानी ठिक ठाउँमा नगएको देखिन्छ । ग्रोथ नगरी समग्र आम्दानी बढ्दैन र रोजगारी वृद्धि हुदैन। समस्या समाधानका लागि ठिक ठाउँमा लगानी गर्नुपर्छ’, पूर्वमन्त्री महतले भने ।
पूर्वमन्त्री महतले तलवभत्ता र सामाजिक सुरक्षामा हुने लगानी उच्च हुँदा चालु खर्च बढाउने बताए । पूर्वमन्त्री महतले भने, ‘तलव भत्ता र सामाजिक सुरक्षामा हुने लगानी उच्च रहेको बताए । यसले चालु खर्च बढाउँछ । पुँजीगत खर्च पनि प्रथामिकिकरण नगरी गर्छाै । यो बजेटले यी समस्यालाई हेरेको देखिएन ।’
पूर्वमन्त्री महतले सरकारले ठुलो ऋणको आकार बढाउनेतर्फ जोड दिएको बताए । प्रतिफल नै नहुने ठाउँमा लगानी गरिरहेको बताए । पूर्वमन्त्री महतले भने,‘अझ ठुलो ऋणको आकार बढाउनेतर्फ सरकारले जोड दियो । हामी प्रतिफल नै नहुने ठाउमाँ लगानी गरिरहेका छौं । यो पुरै गल्ती हो । पुनः ऋण लिएर खर्च गर्ने चंगुलमा हामी फसेका छौं।’
प्रतिक्रिया