+
Search

ताजा अपडेट +

पपुलर +

भैरमकोटगढी भत्काउँदै नगरपालिका, पुरातात्विक सम्पदा संकटमा

Municipality demolishing Bhairamkotgadhi, archaeological heritage in crisis
सुनील श्रेष्ठ
४ मिनेट अगाडी

जेठ २९, नुवाकोट । विदुर नगरपालिका–८ स्थित ऐतिहासिक भैरमकोटगढी संकटमा परेको छ ।

मन्दिर क्षेत्रमा विनियोजित ११ लाख रुपैयाँको बजेटबाट निर्माण कार्य सुरु भएसँगै ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको गढी भत्काउन थालिएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयका अनुसार भैरमकोट क्षेत्रको ऐतिहासिक पहिचानसँग जोडिएको गढीमा भौतिक विकासका निर्माण कार्यका क्रममा उपकरण प्रयोग गरी हटाउन थालिएको छ। संरक्षण गर्नुपर्ने पुरातात्विक सम्पदामाथि नै क्षति पुग्ने गरी काम भइरहेको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन्।

विदुर नगरपालिका एकातर्फ सम्पदा संरक्षणको कार्य गरिरहेको छ भने अर्कोतर्फ यस्ता ऐतिहासिक संरचनालाई नष्ट गर्ने कार्यमा संलग्न देखिएको आरोप स्थानीयको छ।

गढीको संरक्षण, अध्ययन तथा आवश्यक समन्वय विना निर्माण कार्य अघि बढाउँदा क्षेत्रको ऐतिहासिक पहिचान नै संकटमा पर्ने चिन्ता व्यक्त गरिएको छ।

सम्पदा संरक्षणकर्मी तथा स्थानीयवासीले निर्माण कार्य तत्काल रोक्दै पुरातात्विक महत्वको अध्ययन गरी संरक्षणमुखी योजना कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ