२०८१, ११ बैशाख मंगलवार

नुवाकोटमा थप ५४ मा कोरोना संक्रमण पुष्टि

डबली खबर     माघ ७ २०७८ १२:०८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा महिला २८ र पुरुष २६ जना रहेका छन् ।

सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका २३ जना र बेलकोटगढी नगरपालिकाका २ जना रहेका छन् । सङ्क्रमित हुनेमा सुर्यगढी र लिखु गाउँपालिकाका ७/७ जना, शिवपुरीका ५ जना, तादीका ४ जना, किस्पाङका ३ जना, दुप्चेश्वरका २ जना र पञ्चकन्याका १ जना रहेका छन् ।

योसँगै जिल्लामा २६१ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा संक्रमितहरु आईसियुमा १ जना, अस्पतालमा ४ जना र कोभिड वार्डमा ३ जना उपचारत रहेका छन् । साथै आईसोलेसन सेन्टरमा १ जना र होम आइसोलेसनमा २५६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ८ हजार ६६४ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top