जेठ २, विदुर । ट्राफिक सप्ताह अन्तर्गत जिल्लाका एम्बुलेन्सहरूको प्राविधिक अवस्था जाँच तथा चालकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र नुवाकोट जिल्ला एम्बुलेन्स चालक सङ्घको संयुक्त आयोजनामा भएको कार्यक्रममा आकस्मिक सेवामा गुड्ने एम्बुलेन्सहरूको यान्त्रिक र प्राविधिक पक्षको सुक्ष्म निरीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विनोद ढकालले जानकारी दिए ।
त्रिशूली अस्पतालको प्राङ्गणमा भएको कार्यक्रममा अस्पतालका निर्देशक डा. राजेन्द्र लामाको समेत उपस्थिति रहेको थियो ।
सवारी जाँचसँगै एम्बुलेन्स चालकहरूसँग सडक सुरक्षा, ट्राफिक नियम पालना र कार्यक्षेत्रका चुनौतीबारे अन्तरक्रिया समेत गरिएको छ।
एम्बुलेन्स सेवालाई सुरक्षित र भरपर्दो बनाउन यो कार्यक्रम उपयोगी रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया