२०८१, ४ बैशाख मंगलवार

रसुवामा थप चार सङ्क्रमित

डबली खबर     माघ २ २०७८ १६:४७

rasuwa cororavirus map
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पछिल्लो २४ घण्टामा रसुवा जिल्लामा चार जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रसुवाको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा कालिका गाउँपालिकाका ४ जना रहेका छन् । योसंगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ९ पुगेको छ । सङ्क्रमित बिरामी सबैजना होमआईसोलेसन रहेका छन् ।

जिल्लामा १ हजार ३४२ जना सङ्क्रमित भएकोमा अहिलेसम्म १ हजार ३३१ जना सङ्क्रमित भइ निको भएको छ ।

रसुवामा कोरोनाभाईरसका कारण हालसम्म दुईजनाको ज्यान गएको छ भने २ हजार ८२ जनाको एन्टीजेन र २ हजार ७५७ पिसिआर परीक्षण गरी कुल चार ८३९ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top