विदुर – ६६ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि अन्तर्गतको रक्तसञ्चार केन्द्रको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो ।
प्रहरी कार्यालय र मातहत इकाईहरुमा कार्यरत ३३ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् ।
नेपाल प्रहरी स्थापनाको असरमा हरेक बर्ष मनाईने प्रहरी दिवसमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको जनाएको छ ।
प्रतिक्रिया