२०८०, १५ चैत्र बिहीबार

बागमती पत्रकारको दोस्रो पूर्ण बैठक नुवाकोटमा हुने

डबली खबर     भाद्र ३ २०७८ १०:३१

FNJ Bagamati
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office


विदुर – नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठक नुवाकोटमा हुने भएको छ ।

समितिका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा बुधबार बसेको भर्चुअल बैठकले आगामी भदौ ११ र १२ गते नुवाकोटको बिदुरमा दोस्रो पूर्ण बैठक आयोजना गर्ने निर्णय गरेको महासचिव कृष्ण सारुमगरले जानकारी दिएका छन् ।

बैठकमा बागमती क्षेत्रका सञ्चारकर्मी र सञ्चार माध्यमहरुको संरक्षण र प्रवर्द्धन, कोरोना महामारी नियन्त्रण र रोकथाममा महासंघको भुमिका, पत्रकारहरुको क्षमता र दक्षता अभिबृद्धिका लागि अपनाईनुपर्ने रणनीतिहरुका साथै साँगठनिक सुदृढिकरण र सदस्यता शुद्धीकरणका बिषयमा समेत महत्वपूर्ण निर्णय लिईने महासचिव सारुमगरले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top