२०८१, १३ बैशाख बिहीबार

पूर्वराजाले यस वर्ष जन्मदिन नमनाउने

सुनिल श्रेष्ठ     असार १७ २०७८ ०८:५१

Nepal's former king Gyanedra Shah
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष आफ्नो जन्मदिन नमनाउने भएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै यस वर्ष उत्सवका रुपमा जन्मदिन नमनाउने उल्लेख गरेका छन् । कोरोना संक्रमण र बाढी पहिरोले जनतामा परेको पीडाका कारण उक्त निर्णय लिइएको विज्ञप्तिमा उल्लेख छ ।

जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पिडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौँ’ विज्ञप्तिमा उल्लेख छ ।
राजनीति, राज्य प्रणाली संकट र अन्यौलको अवस्थामा रहेकाले जनताको मन अशान्त रहेको भन्दै, राजनीति, राज्य प्रणाली एवम् राजकाजको प्रवन्ध र व्यवस्थापन सक्रमण, संकट र अन्यौलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रूपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ।

आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ । कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश छन् । यसैगरी देशमा बर्सादको यो समय प्राकृतिक विपद्को वेदना पनि उत्तिकै छ’ भनेर विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top