नुवाकोट – त्रिशुली अस्पतालले करारमा स्टाफ नर्स पदपुर्ति गर्ने भएको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै स्टाफ नर्स पदका लागि दरखास्त आव्हान गरेको हो ।
अस्पतालमा थप गरको आईसीयु तथा एचडियु संचालनका लागि ६ महिना करार सेवाका लागि दरखास्त आव्हान गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले आठ नर्सहरुलाई रोजगारि दिने भएको हो। पिसिएसल नर्सिङ उतिर्णले अस्पतालमा आवेदन दिन सक्नेछन् ।
आवेदनको लागि अस्पतालको वेबसाईटबाट फाराम डाउनलोड गर्न सकिने व्यवस्था गरेको छ । फाराम डाउनलोड गर यहाँ क्लिक गर्नुहोला ।
फाराम भरिसकेपछि अस्पतालको कर्मचारी व्यवस्थापन इमेल thvacancy@gmail.com मा पठाउनको भनिएको छ। दरखास्तको लागि कुनै पनि शुल्क लाग्दैन । थप जानकारीको लागि मोबाईल नम्बर ९८५११६८१८८ मा सम्पर्क गर्न सक्नेछ।
अस्पतालले सूचना जारी भएको ७ दिन (असार १० गते) भित्र दरखास्त दिन भनेको छ ।
हेर्नुहोस् अस्पतालले जारी गरेको सूचना

प्रतिक्रिया