+
Search

ताजा अपडेट +

पपुलर +

सहकारीमैत्री दौडमा मनिष श्रेष्ठ पहिलो

Manish Shrestha wins first in cooperative friendly race
डबली खबर
४ हप्ता अगाडी

२० चैत, विदुर । ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित सहकारीमैत्री खुल्ला दौड प्रतियोगितामा उपकार बचत तथा ऋण सहकारी संस्थाका मनिष श्रेष्ठ पहिलो भएका छन् ।

जिल्ला सहकारी सङ्घ नुवाकोटको आयोजनामा भएको उक्त दौडमा निर्धारित दूरी १२ मिनेट १८ सेकेन्डमा पार गर्दै श्रेष्ठ पहिलो भएका हुन् ।

सहकारीकर्मी र खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको उक्त प्रतियोगितामा अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै त्रिग्या सहकारीका धावकहरूले दोस्रो र तेस्रो स्थान सुरक्षित गरे। त्रिग्या बहुउद्देश्यीय सहकारीकै प्रतिनिधित्व गरेका रोशन तामाङले दोस्रो स्थान हासिल गरे भने सुरजसिंह थापा तेस्रो हुन सफल भए । तामाङले १३ मिनेट ५३ सेकेण्ड र थापाले १४ मिनेट ४७ सेकेण्डमा दौड पुरा गरे।

नुवाकोटमा विविध कार्यक्रमका साथ ६९औँ राष्ट्रिय सहकारी दिवस मनाइने

त्रिशूली बजारको नयाँपुलदेखि बट्टारसम्म भएको प्रतियोगितालाई व्यवस्थित र निष्पक्ष बनाउन नुवाकोट एथ्लेटिक्स क्लबले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।

कार्यक्रमका संयोजक सुमन अधिकारीका अनुसार खेलकुदको माध्यमबाट सहकारीहरूबीच भाइचारा र एकता अभिवृद्धि गर्ने उद्देश्यले यो दौड आयोजना गरिएको हो। विजयी धावकहरूलाई आगामी औपचारिक समारोहमा उचित पुरस्कार तथा सम्मानपत्रद्वारा पुरस्कृत गरिने जानकारी समेत संयोजक अधिकारीले दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ