sujim bazar advert

नुवाकोटमा विविध कार्यक्रमका साथ ६९औँ राष्ट्रिय सहकारी दिवस मनाइने

सुनील श्रेष्ठ     चैत्र ४, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

sahakari diwas nuwakot dabalikhabar trishuliweb
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

४ चैत, विदुर । जिल्ला सहकारी सङ्घ लिमिटेड नुवाकोटले आगामी ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गर्ने भएको छ।

“उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता” भन्ने मूल नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको सङ्घले जनाएको छ।

सोहि अवसरमा सङ्घले सहकारीकर्मीहरूको क्षमता विकास र एकतालाई लक्षित गर्दै तीन छुट्टाछुट्टै कार्यक्रमहरू आयोजना घोषणा गरिएको सङ्घका अध्यक्ष शिवप्रसाद अधिकारीले जानकारी दिए । जसअन्तर्गत यहि चैत १८ गतेदेखि २० गतेसम्म तीन दिने नेतृत्व विकास तालिम सञ्चालन गर्ने भएको छ।

त्यसैगरी, चैत २० गते त्रिशूली बजारको नयाँपुलदेखि बट्टारसम्म सहकारीमैत्री खुल्ला दौड प्रतियोगिता आयोजना गरिने सङ्घले जनाएको छ। शारीरिक तन्दुरुस्ती र भाइचारा अभिवृद्धिका लागि १०१ जनाको सहभागिता रहने खुल्ला दौड प्रतियोगिता आयोजना हुनेछ।

दिवसको दिन विशेष औपचारिक समारोहसहित विदुरमा सहकारी दिवस मनाइने जनाएको छ।

नेतृत्व विकास तालिम र दौडमा सहभागिता जनाउन जिल्लाका सम्पूर्ण सहकारी संस्थाहरूलाई आफ्ना प्रतिनिधिहरूको नाम दर्ता गराउन अनुरोध गरेको छ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top