+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नगरपालिकाले स्थायी आवास निर्माणका लागि आवेदन माग्यो

डबली खबर
५२ मिनेट अगाडी

कात्तिक १३, नुवाकोट । विदुर नगरपालिकाले गत भदौ १० गतेको बाढीबाट घर क्षति भई हाल अन्यत्र अस्थायी बसोबास गरिरहेका नगरवासीलाई स्थायी आवास व्यवस्थापन गर्न आवेदन माग गरेको छ।

नगरपालिकाले आज सार्वजनिक गरेको सूचनाअनुसार सहयोगी संस्थाहरूसँग सहकार्य गरी तत्काल स्थायी बसोबास व्यवस्थापन कार्य सुरु गर्ने लक्ष्य राखिएको छ।

हाल अस्थायी बसोबास गरिरहेका बाढी प्रभावितहरूमध्ये आफ्नै स्वामित्वको स्थायी निजी घरमा बस्न चाहने वा एकाघरको परिवारका सदस्यहरूको स्वामित्वमा बसोबास गर्न योग्य जग्गा (घडेरी) भएका व्यक्तिले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र नगरपालिकाको कार्यालयमा निवेदन दिनुपर्ने जनाएको छ।

निवेदनसाथ आवश्यक कागजात पेस गर्नुपर्ने व्यवस्था छ। त्यस्ता आवेदकले स्थायी बासस्थान निर्माण सम्पन्न भई बसोबास गरेको दिनदेखि घरभाडा वापत प्राप्त हुने रकम र नेपाल सरकारको स्थायी बासस्थानका लागि प्रदान गरिने अनुदान दाबी नगर्ने सर्तमा दरखास्त पेस गर्न सक्ने जनाएको छ ।

घरको डिजाइन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नगरपालिकाले तोकेबमोजिम हुनेछ।

आवेदनसँगै नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी पूर्जाको प्रतिलिपि, पछि दाबी नगर्ने स्वघोषणा पत्र, घर निर्माण गराई पाऊँ भन्ने व्यहोराको निवेदन र नगरपालिकाबाट प्रकाशित लाभग्राही सूचीमा नाम भएको प्रमाण पेस गर्नुपर्नेछ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ